काठमाडौं । सरकारले विभिन्न ११ वटा देशमा रहेका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
फिर्ता बोलाइनेमा भारत, अमेरिका, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूत रहेका छन् ।







