काठमाडौँ । साताको अन्तिम कारोबारका दिन सेयर बजारमा गिरावट आएको छ । तीन दिन लगातार बढेको बजारमा आज अन्तिम कारोबारका दिन ब्रेक लागेको छ ।
लगानीकर्ताको मनोबल उच्च बनाउँदा शेयर बजारले सकारात्मक गति लिन लागेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३२ अकंले घटेर २११२.२९ बिन्दुमा बन्द भएको छ।
बिहीबार कारोबार भएका कम्पनीहरूमध्ये ९४ वटा कम्पनीहरूको शेयर मूल्यमा हरियाली छाएको छ । आज समृद्धि फाइनान्स, कुथेली बुखरी स्मल हाइड्रोपावर र साधना लघुवित्तसहित ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बिहिबार ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँको कारोबार भएको छ । आज ११ उपसूचक राताम्य भएका छन् ।
यस दिन विकास बैंक समूहको १.३१ प्रतिशत र फाइनान्स समूहको २.०३ प्रतिशतले शेयर मूल्य बढेको हो। अन्य उपसूचक भने राताम्य भएका हुन् ।