काठमाडौँ। दूधको भुक्तानी दिन माग सहित दुग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् । किसानले दूधको भुक्तानी तत्काल दिन माग गर्दै आज दुग्ध विकास संस्थान केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् ।
उनीहरुले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन्।
विरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरूलाई प्रहरीले पक्राउ गरेको छ।भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता-सहमति समेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ ।







