काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि उक्त पदमा दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक नागरिकले आज असार १२ गतेदेखि २१ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान महाशाखा, सिंहदरबार, काठमाण्डौंमा दरखास्त दिन सकिने जनाएको छ ।








