काठमाडौं । सनराइज बैंकले अंगभंग भएका २० जनालाई सहयोग प्रदान गरेको छ । बैंकले २० जनालाई कृतिम हात तथा खुट्टा प्रदान गरेको हो ।
सनराइज बैंकले सामाजिक उत्तरदायित्वको काम गर्दै जाने क्रममा मधेश प्रदेशको वीरगंजमा अंगभंग भएका २० जानलाई कृतिम हात तथा खुट्टा प्रदान गरेको हो ।
रोटरी क्लब वीरगंजमा असार ७ बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले रोटरीका कार्यक्रम संयोजक डा.स्वास्वत प्रसादलाई २ लाख ७५ हजारको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग निशुल्क समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा सिएसआर प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको समेत उपस्थिती रहेको थियो ।