काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दीपक कुमार दे पुन: नियुक्त भएका छन् । दे लाई कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले पुनः नियुक्त गर्ने निर्णय गरेको छ ।
उनको भदौ ३१ गते चार वर्षे कार्यकाल समाप्त हुन लागेका प्रबन्ध सञ्चालक तथा सीईओ देलाई उक्त मिति पश्चात लागू हुनेगरि थप ६ महिनाका लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।








