काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार उक्त अवधिमा ६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले कमाएको यो नाफा गत वर्षको सोही अवधिको भन्दा २९.१६ प्रतिशतले धेरै हो । गत वर्ष सांग्रिलाले ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफामा सुधार भएको हो । असोज मसान्तसम्ममा सांग्रिलाको खुद ब्याज आम्दानी २७.६१ प्रतिशत र सञ्चालन नाफा २७.५९ प्रतिशतले बढेको छ।
बैंकको खराब कर्जा बढेर ४.६५ प्रतिशत कायम भएको छ । गत वर्षको सोही समयमा खराब कर्जा ३.२८ प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ३२ पैसाले बढेर ७ रुपैयाँ ०२ पैसा कायम भएको छ । सांग्रिलाको प्रतिसेयर नेटवर्थ १४६.९४ रुपैयाँ कायम भएको छ ।








