काठमाडौँ । झिलिमिली बत्तीको चार्ड भनेर समेत चिनिने हिन्दु नेपालीको दोस्रो ठुलो चार्ड तिहारमा निश्चिन्त हुँदै अत्यधिक विद्युत् खपत गर्न नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आग्रह गरेका छन् ।

खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा बढी विद्युत् प्रयोग गर्दा समेत लोडसेडिङ नहुने भएको कारण झिलिमिलीको चार्डलाई उज्यालोको उत्सव बनाउन कार्यकारी निर्देशक घिसिङले आग्रह गरेका छन् ।

उनले कुनै प्राविधिक समस्याबाहेक बत्ती नजाने बताएका छन्। उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था नरहेको समेत जनाएका छन् ।

कार्यकारी निर्देशक घिसिङले सकेसम्म तिहारमा विद्युत् पुर्‍याएर निर्यातसमेत गर्न पुग्ने विद्युत् प्राधिकरणसँग रहेको जानकारी दिए । उनले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत आयोजनामा ठुलो क्षति पुर्‍याएको पनि बताए ।