काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले मंसिर २५ गतेका लागि साधारण सभा आह्वान गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नका लागि बैंकले सभा बोलाएको हो ।
बैंकको ३८ औँ वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान साढे ९ बजे शुरु हुने जनाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखा परीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्ने भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ६ गते एक दिनका लागि बुकक्लेज गर्ने भएको छ। यस अनुसार मंसिर ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीहरूले बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।







