काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारविरुद्ध देशैभर भ्रण्डाफोर तथा विरोध कार्यक्रम गर्ने भएको छ ।

कांग्रेस–एमाले गठबन्धन सरकारकै कारण भ्रष्टाचार संस्थागत हुँदै गएको निश्कर्ष निकाल्दै राप्रपाले यस्तो कार्यक्रम गर्ने जनाएको हो ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकारको कारण देशमा भ्रष्टाचार संस्थागत हुँदै गएको र सरकारको कारण मुलुक अस्तव्यस्त हुँदै गएको समेत निश्कर्ष निकालेको छ ।
सरकारले अर्थतन्त्र चलायमान बनाउन नसकेको, अन्तर्राष्ट्रिय सम्बन्धलाई अन्तुलित राख्न नसकेको, देश भुूराजनीतिक चक्रव्यूमा फस्ने खतरा बढेको राप्रपाको निश्कर्ष छ ।

कांग्रेस–एमालेसहितको दुई तिहाइ बहुमतको नजिकको सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको अवस्थामा राप्रपाले भण्डाफोर गर्ने निर्णय लिएको हो ।

त्यस्तै, सहकारी पीडितको समस्या समाधानतर्फ पनि सरकारले ध्यान नदिएको राप्रपाको निश्कर्ष छ ।