काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३५औं वार्षिक साधारण सभा जेठ २२ गते आयोजना गर्ने भएको छ । उक्त सभा कम्पनीको लाजिम्पाट स्थित कन्द्रीय कार्यालयमा आयोजना गर्ने जनाएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनश शेयर र ६ दशमलव ५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त साधारण सभाले लाभांशको प्रस्ताव समेत अनुमोदन गर्नेछ ।
कम्पनी ऐन २०६३ को दफा १०५ (१)ग वमोजिम आर्थिक वर्ष २०७८÷७९ मा भएको खर्च अनुमोदन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण जेठ १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।