काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले २० करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने तयारी गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रति सेयर अंकित मूल्य १ सय रुपैयाँ दरका सेयर निष्काष्सन गर्न लागेको हो । जसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

एस.के. इनर्जीले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।