काठमाडौं । कुमारी बैंकका भूतपूर्व सिईओ अनुजमणि तिमिल्सिनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धिकरण विभागले पूर्व सिईओ तिमिल्सिना, तत्कालिन न्यूरोड शाखाका प्रमुख समेतले विल्वा भूमिवन प्रा.लि., डेनियल ट्रेडिङ र सञ्चालक मुक्तिनाथ गौतम र मेरलायन प्रा.लि समेतको मिलेमतोमा फर्जी धितो देखाएर एक अर्ब १० करोड ऋण प्रवाह भएको घटनामा सम्पत्ति शुद्धिकरण गरेको भन्दै यही असार २१ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको हाे ।
सम्पत्ति शुद्धिकरण विभागले सबैभन्दा ठूलो घोटाला काण्डको रुपमा सम्पत्ति शुद्धिकरण गरेको भन्दै मुद्दा दर्ता गरेको हो । यस काण्डमा ११ जना विरुद्धमा विशेष अदालतमा बिगो र जरिवनासहित मुद्दा दर्ता भएको छ ।
अब कुमारी बैंकका पूर्व सिईओ तिमिल्सिना र ऋण लिएर खाने मुक्ति गौतमसहितले मुद्दाको सामना गर्नेछन् । सो काण्डमा अभियुक्तहरुले रकम बैंकबाट हिनामिना भएको रकमको धितो अर्कै राखेर सल्टाएका छन् । मुद्दा फैसला भएपछि फैसला बमोजिम हुनेछ ।
कमारी बैंकले भने पुरानो मुद्दामा गलत प्रचार भएको जनाएको छ । बैंकले पूर्व सिईओविरूद्द पक्राउ पुर्जी जारी नै नभएको जनाएकाे छ ।
सम्पत्ति शुद्धिकरण विभागले भूतपूर्व सिईओको नाममा मुद्दा दर्ता गरेको विषयलाई लिएर सञ्चार माध्यमहरुले भ्रमपूर्ण समाचार स्रम्प्रेषण गरेको बैंकले जनाएको छ ।