काठमाडाैं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा भोलि (असार २६ गते) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र बैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेपश्चात अव सर्वसाधारणलाई आइपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।
अब २ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन् ।
आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते बैंकिङ समयपछि हुनेछ । ढिलोमा भने साउन ९ गते बन्द हुने भनिएको छ । आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।