काठमाडौँ। राजावादीहरूले तीन कुनेका विभिन्न स्थानमा तोडफोड गर्ने र आगजनी गरेसँगै काठमाडौँका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यु जारी भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रवार सूचना जारी गर्दै यसबारेमा जानकारी दिएका हो । प्रहरीका अनुसार कोटेश्वर, तीनकुने र बोनश्वर क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रहरीले अश्रुग्याँस सहित हवाई फायर समेत गर्नुपरेको थियो। उक्त प्रदर्शनबाट  दर्जन बढी प्रहरी र आन्दोलनकारी घाइते भएका छन् ।