काठमाडौँ । प्रेस सेन्टरको पाँचौँ अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रिया अन्तरगत आइतबार मध्याह्नदेखि मनोनयन सुरु भएको हो ।

राजधानीमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व सहमतिमै टुङ्ग्याउने प्रयास भएपनि आकाङ्क्षीहरूले अडान नछाड्दा निर्वाचनबाटै नेतृत्व चयन गर्न लागिएको हो । यसअघि बहुसंख्यक प्रतिनिधिले चुनावको माग गरेका थिए ।

प्रेस सेन्टरको अध्यक्षको लागि कमल गिरी र दीपेन्द्र रावलले उम्मेदवारको मनोनयन दर्ता गरेका छन्। अन्य पदमा पनि ठुलो संख्यामा मनोनयन दर्ता भएको छ।

केन्द्रिय निर्वाचन कार्यतालिका बमोजिम आइतवार (आज) ४ बजेदेखि ६ बजेसम्म मतदान गरिने जनाएको छ। प्रेस सेन्टरको पाँचौँ अधिवेशन शनिवारदेखि राजधानीमा सुरु भएको थियो ।