काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई ऋण तर्फको रकम थप निकासाको लागि निर्देशन दिएको छ । कार्यालयले जनकपुर र बाँके कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन जारी गर्दै १८ करोड ८० लाख रुपैयाँ थप निकाशाको लागि निर्देशन दिएको हो ।

आर्थिक वर्ष सकिन लाग्दा एशियाली विकास बैंकको ऋण तर्फको रकम थप निकासाको निर्णय भएको हाे ।

यसअघि असार मसान्त सम्मको लागि भन्दै ६९ करोड ४० लाख रुपैयाँ निकासा हुने महालेखाले जनाएको थियो ।