काठमाडौँ। आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ।

यस अवसरमा सरकारले प्रत्येक वर्ष मे १ तारिखका दिन सार्वजनिक बिदा दिने गरेर अनुसार आज सरकारी कार्यालयहरूसँगै बैंक तथा वित्तीय संस्था पनि बन्द रहने छन् । सार्वजनिक बिदा दिइएकाले आज शेयर कारोबार बन्द रहने छ ।

शेयर बजार अब एकै पटक वैशाख २१ गते आइतबारका दिन मात्रै खुल्नेछ । साथै भोली शुक्रवार र पर्सि लगत्तै शनिवार भएको कारण अब आगामी आइतबार मात्रै बजार खुल्ने भएको हो । नेपालमा विसं २०४६ को राजनीतिक परिवर्तनपछि श्रमिक दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो।

आजको दिन श्रमिकहरूको सम्मान, हक र अधिकारको विषयमा जनचेतना फैलाउने उद्देश्यले विविध कार्यक्रमहरू आयोजना हुने गरेका छन्।