काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हाे ।

बैंकले ब्याजदरमा १० प्रतिशतभन्दा बढिले घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

अब बैंकमा सबै प्रकार व्यक्तिगत मुद्दती निक्षेपमा निक्षेपकर्ताले ९ प्रतिशत मात्रै ब्याज पाउनेछन् । त्यस्तै, संस्थागत मुद्दती निक्षेपमा निक्षेपकर्ताले ७ प्रतिशत ब्याज पाउने भएका छन् । रेमिट्यान्स मुद्दती निक्षेपमा निक्षेपकर्ताले भने १० प्रतिशत ब्याज पाउनेछन् ।

बचततर्फ सबैभन्दा बढि रेमिट्यान्स बचत खाता र एमबिल कर्मसिल बचत खातामा सबैभन्दा धेरै अर्थात ७.८५ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ ।

त्यस्तै बैंकले एमस्मार्ट बचत खाता र मेरो लगानी बचत खातामा बचतकर्ताले ६.८५ प्रतिशत र अरु सबै प्रकारको खातामा बचतकर्ताले ४.८५ प्रतिशत ब्याज दिने भएकाे छ ।

बैंकले कर्जामा अधिकतम आधारदरमा ३ प्रतिशत प्रमियम लिने जनाएको छ ।

बैंकले फिक्स ब्याजदरको कर्जा योजना पनि सार्वजनिक गरेको छ । जस अनुसार पाँच वर्षसम्मको घरकर्जामा १२ प्रतिशत, ५ देखि १० वर्षसम्मको घर कर्जामा १३ प्रतिशत र १० वर्षभन्दा माथिको घर कर्जामा १४ प्रतिशत ब्याज लिने भएकाे छ ।

त्यस्तै, अटो लोनमा ५ वर्षसम्मका लागि १२ प्रतिशत र ५ देखि १० सम्मका लागि १३ प्रतिशत ब्याज लिने बैंकले जनाएको छ । अन्य खुद्रा कर्जाका हकमा भने ५ वर्षसम्मका लागि १२.५० प्रतिशत, १० वर्षसम्मका लागि १३.५० र १० वर्षभन्दा माथिका लागि १४ प्रतिशत ब्याज लिने भएकाे छ ।