काठमाडौं । नेपाल इन्सुरेन्सको ३४.७८२६ प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार बिहीबारको अन्तिम कारोबार मूल्य ७८२.८७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजन पश्चात यसको मूल्य ६०५.६५ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यसको कारोबार खुला हुनेछ ।