काठमाडौँ । सन नेपाल लाइफको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत असार २३ गतेदेखि ३० गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको २ लाख २४ हजार ७२८ कित्ता सेयर साउन ६ गते बाँडफाँड भएको हो ।

उक्त सेयरको गोप्य शिलकन्दी बोलपत्र साउन २ गते खोलिएको थियो । कुल सेयर संख्यामा सर्वसाधारण समूहतर्फको लकइनमा नरेहेका १ लाख ४० हजार ४५७ कित्ता, सर्वसाधारणको लकइनमा रहेको ४ हजार ४९ कित्ता र संस्थागत समूहतर्फको लकइनमा रहेको ८० हजार २२२ कित्ता सेयर थियो ।

संस्थापक समूहको कटअफ मूल्य १५१ रुपैयाँ, सर्वसाधारण समूहतर्फको लकइनमा रहेको सेयरको कटअफ मूल्य ४०१ रुपैयाँ र सर्वसाधारणतर्फ लकइनमा नरहेको सेयरको कटअफ मूल्य ४६१ रुपैयाँ कायम भएको छ । उक्त अन्तिम मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको धितोपत्र निष्कासनकर्ता नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी साउन ८ गते साउन १३ गतेसम्म हुने नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।