काठमाडौं । एभरेष्ट बैंकको सेयरधनी रहेको पञ्जाव नेशनल बैंकले आफ्नो प्रतिनिधि परिवर्तन गरेको छ। पञ्जाव नेशनल बैंकको तर्फबाट सञ्चालक रहेका राकेश ग्रोवरको ठाउँमा सन्तोष कुमारलाई नियुक्त गरेको हो।
एभरेष्ट बैंकले साउन १२ गतेबाट लागू हुने गरी सन्तोष कुमारलाई सञ्चालकमा नियुक्त गरेको हो।







