काठमाडौं । नेकपा एमालेले ’नेसनल भोलेन्टियर्स फोर्स’को कमान्ड सात वटा फौजदारी मुद्दा खेपेका पुष्प श्रेष्ठले गर्ने भएका छन् ।

आज शुक्रबार थापाथलीस्थित कार्की बेङ्क्वेटमा भएको एक कार्यक्रममा भोलेन्टियर्स फोर्सको संयोजकको जिम्मेवारी एमालेले सिन्धुली घर भएका ४३ वर्षीय श्रेष्ठलाई दिएको हो ।

श्रेष्ठ यसअघि नेकपा एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध थिए । जेनजी आन्दोलनपछि एमालेले गठन गरेको भोलेन्टियर्स फोर्सको जिम्मेवारी उनै श्रेष्ठले पाए ।

संयोजकको यो जिम्मेवारी पाएका श्रेष्ठ भने आफैं विवादित र आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । यसअघि पटक–पटक विभिन्न कसुरमा पक्राउ गर्दै आएका श्रेष्ठको विगत केलाउनले हो भने सात वटा बढी मुद्दा खेपेको देखिन्छ ।

प्रहरी स्रोतका अनुसार उनीविरुद्ध अहिलेसम्म ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र १ वटा अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको भेटिएको छ ।