काठमाडौँ। एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित Leadership Conclave Nepal 2025 सम्मेलनमा “Excellence in Commercial Cards Business” अवार्ड प्राप्त गरेको छ।

बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप यो अवार्ड प्रदान गरिएको हो।

एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ।