काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश घोषणा गरिरहेका छन्।
हालसम्म ४४ वटा सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गरिसकेका छन् । जसमध्ये बैंकहरूमा १० वटा वाणिज्य बैंक र ७ वटा विकास बैंक छन्।
वाणिज्य बैंकहरू
लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरूमा माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, सिटिजन्स् बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंक रहेका छन्।
लाभांश वितरणको आधारमा सबैभन्दा धेरै प्रतिफल दिने बैंक एभरेष्ट बैंक रहेको छ। यो बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश घोषणा गरेको हो। त्यसैगरी दोस्रोमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश दिने भएको छ।
कृषि विकास बैंकले ३.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित ९.७५ प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश वितरण दिने भएको छ। सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश सहित १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ भने एनएमबि बैंकले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी १० प्रतिशत लाभांश दिने भएको छ।
माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद सहित ८ प्रतिशत लाभांश घोषण गरेको छ। सानिमा बैंकले ७.३६ प्रतिशत नगद लाभांश, सिटिजन्स बैंकले ५ प्रतिशत बोनस शेयर र ०।.२६ प्रतिशत नगद लाभांश गरी ५.२६ प्रतिशत लाभांश, ग्लोबल आइएमई बैंकले ८ प्रतिशतका दरले नगद लाभांश र लक्ष्मी सनराइज बैंकले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
विकास बैंकहरू
लाभांश वितरण गर्ने विकास बैंकहरूमा मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुङ्गा, महालक्ष्मी र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन्।
लाभांश घोषणा गरेका विकास बैंकहरूमा सबैभन्दा धेरै प्रतिफल मुक्तिनाथ विकास बैंकले दिने भएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद गरी कुल १८.२ प्रतिशत लाभांश घोषणा गरेको छ।
त्यसैगरी कामना सेवा विकास बैंकले १० प्रतिशत बोनस र ५.७९ प्रतिशत नगद सहित १५.७९ प्रतिशत लाभांश घोषणा गरेको हो। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी १३ प्रतिशत लाभांश दिने भएको छ।
गरिमा विकास बैंकले ६ प्रतिशत बोनस र ४.५३ प्रतिशत नगद लाभांश सहित १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यस्तै, महालक्ष्मी विकास बैंकले ५ प्रतिशत बोनस शेयर र ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर र ५।३५८३ प्रतिशत नगद लाभांश सहित १०।३५८३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। साथै, मितेरी डेभलपमेन्ट बैंकले समेत आफ्ना शेयरधनीका लागि १० प्रतिशत नगद लाभांश घोषणा गरिसकेको छ।








