काठमाण्डौ। ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।

मंसिर १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२३१४ प्रतिशत नगद लाभांश सहित कुल ८.४६२७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बैंकको हालको चुक्ता पुँजी ५६ करोड ९६ लाख ९६ हजार ५ सय रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।