काठमाडौँ। भुजुङ हाइड्रोपावर लिमिटेडले आज (मङ्सिर ११ गते ) नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति प्राप्त गरेको छ।

सेबोनले कम्पनीलाई कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने अनुमति दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने तयारी गरेको छ।

आईपीओ बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। जारी पुँजी अनुसार कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत शेयर निष्काशन गर्नेछ भने बाँकी ८० प्रतिशत शेयर संस्थापक समूहको हिस्सा हुनेछ।

सेबोनबाट अनुमति पाएसँगै अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी निश्चित भुक्तानी अवधि तय गर्दै शेयर आवेदन खुला गर्ने छ। आईपीओ निष्काशनपछि कम्पनीले ऊर्जा उत्पादन तथा परियोजना विस्तारका लागि जुटेको पुँजीलाई उपयोग गर्ने जनाएको छ ।