काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट तथा शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भोलि बुक–क्लोज मिति निर्धारण गरेको कारण आजसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीहरू मात्र वार्षिक साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
एनआरएन इन्फ्रास्ट्रक्चरले चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो प्रस्ताव पारित गर्ने उद्देश्यले कम्पनीको १३औं वार्षिक साधारणसभा पुस ४ गते बिहान ९ बजे काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेटमा आयोजना हुँदैछ।
यसैगरी, शिवम् सिमेन्टले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश तथा २।५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव राखेको छ। उक्त प्रस्ताव अनुमोदनका लागि कम्पनीले मंसिर २५ गते बिहान साढे १० बजे काठमाडौंको राष्ट्रियसभा गृहमा १०औं वार्षिक साधारणसभा आह्वान गरेको छ।







