काठमाडौं । बोटलर्स नेपालका दुईवटा कम्पनीले साधारण सभा डाकेका छन् । बोटलर्स नेपाल(बालाजु) र (तराई)को मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले पुस २३ गते साधारण सभा डाकेको हो ।

सभा काठमाडौंको दरबारमार्गमा रहेको होटल याक एण्ड यतिमा आयोजना हुनेछ । बोटलर्स नेपाल तराईको साधारण सभा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ भने बोटलर्स नेपाल(बालाजु)को दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सभामा गत आवको वार्षिक प्रतिवेदनसहित गत आवको वित्तीय विवरणहरु पारित गरिनेछ ।

दुवै कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन । सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने जनाएका छन् ।