काठमाडौं । नबिल बैंक लिमिटेडले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस २८ गते साधारणसभा बोलाएको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई १२.५० प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।