काठमाडौँ । सेयर बजारमा सूचीकृत ७ वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। नबिल बैंक, बुटवल पावरसहित विभिन्न लघुवित्त र इन्स्योरेन्स कम्पनीको लाभांश प्राप्त गर्न चाहने लगानीकर्ताले आजै सेयर खरिद गर्नुपर्नेछ।

साधारण सभा र लाभांश प्रयोजनका लागि बुटवल पावर कम्पनीले भोलि (पुस १५ गते) र अन्य ६ कम्पनीले पुस १६ गते ‘बुक क्लोज’ गर्दैछन्। भोलि पुस १५ गते तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा परेकाले नेप्सेमा कारोबार हुने छैन । त्यसैले आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र यी कम्पनीको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

कुन कम्पनीको लाभांस कति र साधारण सभा कहिले ?

यी मध्ये छिमेक लघुवित्त र मिथिला लघुवित्तले सबैभन्दा बढी लाभांश वितरण गर्दैछन्। धेरैजसो कम्पनीहरूले पुस महिनाभित्रै साधारण सभा सम्पन्न गर्ने गरी बुक क्लोजको मिति तय गरेका छन्।