काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गतआर्थिक वर्षमा ३ हजार ६ सय ९५ फर्ममा अनुगमन गरेकोे छ । जसमध्ये ७ सय ९९ फर्म कारवाहीमा परेका छन् । विभागले गतआर्थिक वर्षमा ३ हजार ५ सय अनुगमनको लक्ष्य लिएको थियो । उक्त अनुगमनमा कारवाही परेमा फर्मबाट १ करोड ९८ लाख ४ हजार १ रुपैयाँ राजश्व सङ्कलन भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए ।

कारवाहीमा पर्नेमा धेरैजसो दैनिक उपभोग्य सामानहरु बिक्रि गर्ने फर्महरु रहेको र विभाग पनि अलि सक्रियभएर लाग्ने गरेको विभागका प्रवक्ता भट्टराइको भनाई छ ।

No description available.

उनकाअनुसार विभागले नियमित, चाडपर्व तथा बढी किनमेल हुने समय लक्षित र उजुरी बेसमा गरी ३ तरिकाले अनुगमन गरिरहेको छ ।

No description available.

No description available.

अनुगमनका क्रममा ९१ ओटा फर्मबाट १ करोड ६४ लाख ३२ हजार बराबरको सामान नष्ट गरिएको छ भने १हजार १ सय ५५ फर्मसगं विभागले कागजात मागेको छ। १ हजार ४ सय ८० फर्मलाई सामान्य अवस्थामा छाडिएको विभागले जनाएको छ ।

उता उपभोक्ता अधिकारकर्मी ज्योती बानियाले अनुगमनका नाममा सरकारी नाटक भैरहेको तथा उपभोक्ताको आखामा छारो हाल्ने काम भएको बताएका छन् । आर्थिक भ्वाइस डट कमसंग कुरा गर्दै उनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देखाउने काममात्रै भएको परिणाम शुन्य भएको बताएका छन् । ब्यवस्थापनको विषयमा सरकार चुकेको उपभोक्ता ठगिइरहेको बताए ।

No description available.

प्रदेश र स्थानियतहलाई शहजिकरण गर्नुपर्ने, जिम्मा दिनुपर्ने वीभागले भुमिकै नबुझी , कानुन भन्दामाथि निस्कियर आफैँ अनुगमनको नाटक गरिरहेको बानियाको भनाई छ । यसरी उपभोक्ताको भलो नहुने बताएका छन् ।