काठमाडौं ।भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनहरूले प्रदशर्न गरेका छन् ।हालसालै सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै संयुक्त विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्तरुपमा रत्नराज्य क्याम्पसमा प्रदर्शन गर्दै कोही पनि भ्रष्टाचारीलाई उम्किन दिन नहुने बताएका छन् ।

उनीहरूले शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार रहेकोतर्फ पनि सरकारका ध्यानाकर्षण गराए ।