काठमाडौं । सानिमा रिलायन्स लाइफका डेपुटी सिईओ डा. राकेश पोखरेलले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका छन् ।
सिएसमेत रहेका डा.पोखरेल बीमा क्षेत्रमा राम्रो अनुभव बटुलेका हुन् । उनीसँग सूर्य लाइफ र सानिमा रिलायन्स लाइफको कुशल व्यवस्थापन गरेको अनुभव रहेको छ ।
ग्लोबल लिडरशिप एण्ड म्यानेजमेन्टमा शिर्षकमा पोखरेलले बैंककमा प्रोफेशनल डक्टरेटको उपाधी हासिल गरेका छन् ।
उनलाई उक्त उपाधि नेपाली बीमा क्षेत्रमा खेलेको भूमिका, व्यवसायिक दक्षता, नेतृत्वदायी क्षमताको मूल्याङ्कनसहित पोखरेललाई पिडीको उपाधी प्रदान गरिएको थियो।
मानार्थ डाक्टर उपाधी पाउने विभिन्न ७ तरिका मध्ये आफ्नो शैक्षिक योग्यता एवम् व्यवसायीक कार्यको माध्यमबाट पोखरेलले सो उपाधी पाएका हुन् ।







