काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले सो अवधिमा २४ करोड ४१ लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १७८.३ प्रतिशतले वृद्धि भएको देखिन्छ । अघिल्लो वर्ष कम्पनीले ८ करोड ७७ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको आम्दानी वृद्धि हुनुमा विद्युत बिक्रीमा भएको सुधार प्रमुख कारण रहेको छ । चैत मसान्तसम्म विद्युत बिक्रीबाट कम्पनीले ९३ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.८९ प्रतिशत अर्थात् करिब १५ करोड ५३ लाख रुपैयाँ बढी हो ।
वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ करोड ९६ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी १०.५५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १११.६५ रुपैयाँ रहेको छ ।







