काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म आइपुग्दा जीवन बीमा कम्पनीहरूको प्रति सेयर आम्दानी (eps) मा मिश्रित अवस्था देखिएको छ। सार्वजनिक वित्तीय विवरणअनुसार केही कम्पनीले उल्लेखनीय सुधार गरेका छन् भने कतिपय कम्पनीको eps उल्लेख्य गिरावट आएको छ।

हाल १४ वटा जीवन बीमा कम्पनीमध्ये करिब आधा कम्पनीको (eps) घटेको देखिन्छ भने बाँकी आधामा सामान्य सुधार देखिएको छ। यस अवधिमा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशनले सुधार गरेको छ। कम्पनीको eps ५.३८ रुपैयाँबाट बाट बढेर ८.१७ रुपैयाँ पुगेको छ, अर्थात् २.७९ रुपैयाँले वृद्धि भएको हो। त्यसैगरी सनिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १.६५ रुपैयाँले eps बढाउँदै ११.०१ रुपैयाँ पुर्‍याएको छ।

मध्यम सुधार गर्ने कम्पनीहरूमा एशियन लाइफ इन्स्योरेन्स, सूर्य ज्योति लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्। यी कम्पनीहरूको eps मा सामान्य तर सकारात्मक वृद्धि देखिएको छ।

त्यस्तै, हिमालयन लाइफको eps सबैभन्दा धेरै ४.८६ रुपैयाँले घटेको छ। त्यसैगरी राष्ट्रिय जीवन बीमा कम्पनी (-४.६३%), नेपाल लाइफ इन्स्योरेन्स (-४.३०) र सन नेपाल लाइफ इन्स्योरेन्स (-३.४८) मा पनि उल्लेख्य गिरावट देखिएको छ। सिटिजन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले समेत eps घटेको विवरण सार्वजनिक गरेका छन्।