काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म लघु बीमा कम्पनीहरूको नाफा दोहोरो अंकले वृद्धि भएको छ ।
विवरणअनुसार ती कम्पनीहरूले कुल ६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ११.५३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा उनीहरूले ५ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।
यस अवधिमा कम्पनीहरूले १ अर्ब २४ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्। ४ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी रहेका यी कम्पनीहरूको जगेडा कोषमा ७ करोड ४६ लाख रुपैयाँ सञ्चित रहेको छ।
जीवन र निर्जीवन लघु बिमाहरुको चुक्ता पुँजी समग्रमा ४ अर्ब ३५ करोड पुगेको छ । क्रेष्ट, गार्डियन र नेपाल माइक्रो पुँजी ७५ करोड रुपैयाँ बराबर रहेको छ । अरुको पुँजी ५२ करोड २५ लाख रुपैयाँ छ ।
यस्तै, क्रेष्ट माइक्रोको ४ करोड ५६ लाख रुपैयाँ सञ्चति छ । गार्डियन माइक्रो लाइफ २ करोड ८६ लाख रुपैयाँ सञ्चित छ ।
लघु बिमा कम्पनीहरुले १ अर्ब २४ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन् । जीवन र निर्जीवन लघु बिमाहरुले ६ करोड १६ लाख नाफा कमाएका छन् ।
सबै भन्द बढी नाफा नेपाल माइक्रो इन्स्योरेन्सले कमाएको छ । चालु आवमा कम्पनीले २ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ ।






