काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । समिक्षा अवधिमा कम्पनीले ४० करोड ३१ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ५० लाख नाफा गरेको थियाे । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ४६.८४ प्रतिशतले बृद्धि भएको हो ।
२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ५९ करोड ६९ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७८ करोड ४३ लाख रुपैयाँ थियो ।
समिक्षा अवधिमा कम्पनीको बीमा कोष १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ३३ करोड ५८ थियो ।
समिक्षा अवधिमा कम्पनीले १ अर्ब ५९ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनील १ अर्ब २७ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद बीमा शुल्कमा २५ प्रतिशतले बृद्धि भएकाे हो ।
यस अवधिमा कम्पनीले १ अर्ब ५ करोड ९० लाख खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ४ करोड ७ लाख गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ १९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ८९ पैसा रहेको छ ।