काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज सोमबार शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपीओमा कुल १३ लाख ९ हजार ६६ जनाको आवेदन परेको छ । जसमध्ये २३ सय ८९ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १३ लाख ६ हजार ६ सय ७७ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । ७१ हजार २ सय २२ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि लगानीकर्ता भने हात खाली भएका छन् ।