काठमाडौँ। भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले १४.७३६८ प्रतिशत लाभांश पारित गरेको छ।
बुधवार काठमाडौँको थापागाँउको अर्पण ब्याङ्क्वेटमा सम्पन्न साधारण सभाबाट लाभांश पारित भएको हो । कम्पनीले शेयर धनीलाई ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको थियो।
साथै, सभाले कम्पनीको जारी पुँजी वृद्धि गरी ५९ करोड ४९ लाख ४७ हजार ३०० कायम गर्न कम्पनीको जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव बमोजिम कम्पनीको प्रबन्ध पत्रको दफा ६ को ९ख० र ९ग० संशोधन गरेको छ ।







