काठमाडौं । नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीले सात जिल्लाका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले सुनसरीको इटहरी, काभ्रेको बनेपा, बाँकेको नेपालगंज, पर्साको विरगंज, मकवानपुरको होटौडा, कास्कीको पोखरा र नवलपरासीको कावासोतीको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले मार्केटिङ तथा अनडरराइटिङ विभागका लागि सहायकमा ८ जना, कनिष्ठ अधिकृतमा ३ जना, कनिष्ठ सहायकमा ८ जना, अधिकृतमा ३ जना कर्मचारी माग गरेको हो ।

प्रशासन विभागमा अधिकृतका लागि १ जना, पुनर्बीमा अधिकृतका लागि १ जना, रिसेप्शनिष्टमा सहायकका लागि १ जना र डिजिटल मार्केटिङमा कनिष्ट सहायकका लागि १ जना कर्मचारी माग गरेको हो ।