काठमाडौं । बीमा क्षेत्रमा अहिले एउटा विषय चर्चाको शिखरमा छ । बीमा कम्पनीहरुका उप˗प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को पद र क्षेत्र विभाजन स्पष्ट नहुँदा त्यसले समस्या सिर्जना गरेको हो ।
हाल सालै अधिकांश जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले पनि मर्जरको बाटो अपनाएका छन् । यस्तो अवस्थामा मर्जरमा गएका बीमा कम्पनीका डीसीईओहरुकलाई दैनिक काम गर्न सकस परेको पाइएको हो । मुख्यगरी जीवन बीमा कम्पनीका डीसीईओहरुलाई अझ बढी समस्या परेको सूचना प्राप्त भएको छ ।
अहिले बीमा क्षेत्रमा सरसर्ती हेर्दा मात्रै पनि त्यस्तो समस्या परेको सहजै बुझ्न सकिन्छ । एक त ठूला जीवन बीमा कम्पनीहरुले बिग मर्जरको नाममा जोडिएका छन् भने अर्कोतर्फ मर्जरमा जान निकै सकस मानेका कम्पनीहरुले पनि लामो समय लगाएर भए पनि बाध्यताबस मर्जरकै बाटो रोजेका छन् । अहिले यही समयमा बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले पनि मर्जरमा गएका कम्पनीहरुको कर्मचारी समायोजनमा लामो समय खर्चनु पर्ने बताइरहेको छ ।
पद धेरै हुँदा कार्य विभाजन गर्न मुस्किल
मर्जरमा गएका बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणले नै कुनै पनि कर्मचारीहरुले खाईपाई आएको सुविधा नघटाउनु भनेको थियो । सोही निर्देशन बमोजिम बीमा कम्पनीहरुले कर्मचारी समायोजन त गरेका छन् तर यसको नतिजा भने सन्तोषजनक आउँन सकेको छ्रैन । प्राधिकरणको सोही निर्देशनकै कारण एउटै बीमा कम्पनीमा उस्तै बरिष्ठ पदका करिब पाँच, छ जना कर्मचारीहरु रहेका छन् भने सोही कारण कम्पनीमा काम बढी हुने भन्दा पनि खर्च बढी हुने अवस्था सिर्जना भएको छ ।
आर्थिक भ्वाइससँग कुरा गर्दै एक जीवन बीमा कम्पनीका डीसीईओले भने,‘के खालको मर्जर गराएको होला यस्तो । हामीले त अझै बुझ्न सकेका छैनौ । कतिपय कम्पनीमा सीईओले भनेको बरिष्ठ डीसीईओले मान्दैनन्, बरिष्ठ डीसीईओलाई आफै सीईओ हुन पाएँ हुन्थ्यो भन्ने छ । त्यस्तै केही कम्पनीमा सीईओले कसरी हुन्छ डीसीईओलाई पेल्ने नै रणनीति बनाएको देखिन्छ।अनि कहाँबाट आउँला त पर्फमेन्स पनि हेर्दै जाउँ ।’ ती डीसीईओले आफूले मर्जरलाई दोष दिन खोजेको नभई अहिलेको वास्तविक परिस्थिती चित्रण गरेको बताए ।
विगत बीमा कम्पनीहरुमा सीईओ र डीसीईओको रुपमा म्यानेजमेन्ट टीम निर्माण गरिएको हुन्थ्यो । अहिले भने सीईओ पछाडी बरिष्ठ डीसीईओ, डीसीईओ तथा सहायक डीसीईओ पनि थपिएका छन् । यसमाा अझै महत्वपूर्ण कुरा भनेको त एउटै पदका डीसीईओहरुको संख्या पनि धेरै छ ।
त्यस्तै, अर्को कुरा भनेको कतिपय डीसीईओ र विरिष्ठ डीसीईओ नै मर्जर अघिका सीईओ छन् । त्यसले गर्दा बीमा क्षत्रेमा डीसीईओको संख्या बढेको छ । यस अघि ठूला १० बीमा कम्पनीहरुले पहिलो लटमा लाइसेन्स पाउँदा बीमा बजारमा लामो समयसम्म डीसीईओको अभाव हुन पुगेको थियो । तर अहिले बीमा कम्पनीहरुको समस्यामा व्यापक फेरबदल आएको छ । विगतमा त्यसरी डीसीईओ अभाव भए पनि अहिले भने बीमा कम्पनीहरुमा डीसीईओको संख्या केही बढी भएको छ ।
चुक्ता पूँजी अनुसार ठिक छ प्राधिकरण
नेपाल बीमा प्राधिकरणले मर्जरको सैद्धान्तिक सहमति मात्रै सक्किएको र मर्जरको सिनर्जी आउँन एक, दुई वर्षको रिपोर्ट हेर्नुपर्र्ने बताइरहेको छ । त्यस्तै, बीमा कम्पनीहरुले विगतको तुलनामा आफ्नो चुक्ता पूँजी बढाएकाले पनि अब कम्पनीहरुलाई पुराना र थोरै कर्मचारीले मात्रै नपुग्ने बताएको छ ।
प्राधिकरणले बीमा कम्पनीहरुको चुक्ता पूँजी ठूलो मात्रामा बढ्दा उनीहरुको जोखिमभार न्यून हुन पुगेको पनि बताएको छ । त्यसरी जोखिमभार कम हुँदा बीमा कम्पनीहरुले आफ्नो कर्मचारीहरुको संख्या बढाउन सक्ने, ठूला बीमा व्यवसाय गर्न सक्ने, आवश्क परेको बेलामा मोटो रकम दाबी भुक्तानी गर्न अफ्ठयारो नहुने लगाएतको तर्क गरेको छ ।
साथै, मर्जरपछि बीमा कम्पनीहरुले राम्रो परफमेन्स देखाउँनु पर्ने भन्दै बीमा प्राधिकरणले विगतको तुलनामा धेरै कर्मचारीहरु राख्न आवश्यक भएको भन्दै माग गरेको बताएको छ । प्राधिकरणले बीमा कम्पनीहरुमा धेरै कर्मचारीहरु आवश्यक भएर नै सोही अनुसारको नियुक्ती सदर गरिएको बताए पनि यता भने एकाएक उस्तै पदका ठूला कर्मचारीहरुको संख्या बढ्दा एकता हुनुको साटो अनावश्यक मनमुटाव सुरु भएको छ ।
त्यसकै नतिजा स्वरुप बीमा प्राधिकरण, बीमा कम्पनीका संचालक समिति तथा बीमा क्षेत्रका शुभ चिन्तकहरुले सोचे अनुरुपको प्रतिफल आउँनुको सट्टा उल्टै बीमा कम्पनीहरुमा मर्जरको प्रतिफल आउँन लामो समय लाग्ने आँकलन हुन थालेको हो ।
सिमित व्यक्ति बाहेक मर्जरले कसैलाई फाइदा गरेन, मर्जरकै कारण धरासायी हुने बाटोमा केहि बैंक
बिजय फुयाँल







