काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । बैंकले शेयरधनीको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हाे ।

बैंकले विद्यमान शेयरधनीहरुलाई प्राथमिकता दिदै साउन २० गते १ लाख ३४ हजार २३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको थियो । उक्त शेयरमा पूर्ण आवेदन नपरेपछि प्रचलित कानुन बमोजिम सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक जो–कोहीले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको कर्पाेरेट कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकमा खरिद गर्न चाहेको शेयर विवरणसमेत खुलाई आवेदन दिन सक्नेछन् ।