काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार यीकम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य मात्रामा बढेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको नाफा १२८ दशमलव ३८ प्रतिशतले वृद्धि भई ११ करोड ८ लाख पुगेको छ । गएको आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ४ करोड ८५ लाख रुपैयाँ थियो ।
कम्पनीले यस अवधिमा १ अर्ब ५१ करोड कुल बीमाशुल्क कमाएको छ । कुल बीमाशुल्क आर्जनबाट कम्पनीले ८ करोड २७ लाख रुपैयाँ पुनर्बीमा वापत खर्चिएको छ भने १ अर्ब ४३ करोड खुद बीमाशुल्क आर्जन गरेको छ । कुल बीमाशुल्क आर्जनको वृद्धि समेत १६० दशमलव १६ प्रतिशतले बढी हो ।
कम्पनीको जीवन बीमा कोष गएको असार मसान्तको तुलनामा ८ दशमलव ३१ प्रतिशतले बढेर ११ अर्ब ८२ करोड पुगेको छ । असार मसान्तमा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९१ करोड थियो ।
कम्पनीले यस अवधिमा अभिकर्ता कमिशन अन्तर्गत १५ करोड १२ लाख खर्च छ । गएको आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ७ करोड २० लाख रुपैयाँ खर्च गरेको थियो । कुल ४ अर्ब १८ करोड चुक्ता पूँजी भएको सानिमा रिलायन्सको सञ्चित मुनाफा ८२ करोड ४६ लाख छ ।







