काठमाडौँ । मिटरब्याज सम्बन्धी लेनदेनको विवादमा हालसम्म सात सय ७९ वटा उजुरीमा मिलापत्र भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराको अनुसार अनुचित लेनदेनको विवादमा उल्लेखित सङ्ख्याको मिलापत्र गरिएको छ । ०८० वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत अनुचित लेनदेनसम्बन्धी उजुरी लिन थालिएको थियो ।
अनुचित लेनदेनसम्बन्धी प्रशासनमा तीन हजार तीन सय २२ वटा उजुरी दर्ता भएका थिए। गत वैशाख १७ गतेदेखि हालसम्म सात सय ७९ वटा उजुरीमाथि छलफल, समन्वय, सहकार्य सहित मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।
न्यौपानेका अनुसार कूल रु २३ करोड ९२ लाख ३१ हजार सात सय ८२ बराबरको दाबी उजुरी परेकोमा हालसम्म विभिन्न माध्यमबाट रु १५ करोड ११ लाख ३७ हजार चार सय ११ को मिलापत्र भएको जानकारी दिएका छन्।






