काठमाडौं । हिमालयन हाइड्रो एक्स्पोको पूर्वसन्ध्यामा सरोकारवालाहरुले ग्रिन हाइड्रोजनको आवश्यकता र निजी क्षेत्रको भूमिका माथि प्रकाश पारेका छन् । उनीहरुले लगानी सम्मेलनको नजिकै आईपुग्दा यसपालिको एक्स्पो फरक बन्ने प्रतिक्रीया दिएका हुन् ।
ग्रिन हाइड्रो ल्याबका प्रमुख डा. विराज सिंह थापाले हाइड्रोजन, बिजुली प्रयोग गरी इलेक्ट्रोलाइसिस प्रक्रिया अपनाएर पानीमा रहेको हाइड्रोजन र अक्सिजन सहजै छुट्याउँन सकिने प्रतिक्रीया दिएका छन् । उनले आर्थिक भ्वाईससँगको कुराकानीमा मुख्यतया आजको समयमा आयातको ठुलो अंश पेट्रोलियम पदार्थले ओगटेको छ र यदि हाइड्रोजनलाई उपयोगमा ल्याउन सकेमा खण्डमा पहिलो विषय त यसैमा उल्लेखनीय व्यापार घाटा कम गर्न सकिने दाबी गरे।
थापाले विश्व समुदायमा हेर्ने हो भने ब्राजिलपछि सबैभन्दा बढी पानीको अंश रहेको हाम्रो देश नेपाल पर्ने भन्दै यहाँ रहेका नवीकरणीय स्रोत बिजुलीको सम्भाव्य उत्पादनमा अरू मुलुकभन्दा अग्रस्थानमा रहेको हुनाले नेपालमै अपार बिजुली उत्पादन हुनेमा जोड दिए । उनले हाम्रो भौगोलिक बनावटलाई हेर्ने हो भनेपनी एक अध्ययन अनुसार आर्थिक तथा भौगोलिक रूपमा लगभग ४५ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने क्षमता हामी कहाँ विद्यमान रहेको र त्यसलाई सबै सरोकारवाला निकायहरुले गम्भिरतापूर्वक सोच्नुपर्ने बताएका छन्।
यदि हाइड्रोजनलाई उपयोगमा ल्याउन सकेमा खण्डमा पहिलो विषय त यसैमा उल्लेखनीय व्यापार घाटा कम गर्न सकिने दाबी
त्यस्तै,स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत क्षेत्रको भविष्य निकै उज्जवल रहेको बताउँदै सरकारले नै नितीगत सहजताका मार्ग खुला गर्नुको साटो उल्टै प्रकृयागत झन्झटहरु सिर्जना हुँदै आएको बताए । कार्कीले नेपाललाई विश्वले सम्झिदा भगवान बुद्धदेखि उच्च शिखर सगरमाथाको देशको रुपमा चिन्ने भन्दै त्यसमा उर्जाले समेत देश चिनाउँने अवसर रहेको औँल्याए।
क्लिन इनर्जि र ग्रिन इनर्जिको क्षेत्रमा काम गर्नका लागि बैंक, प्रविधि, बीमा, पूर्वाधारलाई एकै ठाउँमा ल्याएर नेपालमा विकासको लागि काम गर्नुपर्नेमा समेत जोड
उनले लगानी सम्मेलनको मुखैमा आयोजना हुन लागेको हिमालयन हाइड्रो एक्स्पाले लगानी सम्मेलनलाई समेत सर्पोट गर्नेमा जोड दिए । ४६ खर्ब रुपैयाँ पैसा आवश्यक देखिएको र त्यसमा कहाँबाट ल्याउँने भन्नेमा राष्ट्र बैंकका कर्मचारीहरु १० खर्ब मात्रै नेपालबाट जुटने अनुमान गरिरहनु भएको उनी बताउँछन् । त्यस्तै जलविद्युत यस्तो क्षेत्र हो जहाँ कसैसँग एक हजार रुपैयाँ छ भने उसले १० कित्ता शेयर किनेर म पनि मालिक हो भन्न पाउँछ भन्ने अध्यक्ष कार्कीको भनाई छ । उनले क्लिन इनर्जि र ग्रिन इनर्जिको क्षेत्रमा काम गर्नका लागि बैंक, प्रविधि, बीमा, पूर्वाधारलाई एकै ठाउँमा ल्याएर नेपालमा विकासको लागि काम गर्नुपर्नेमा समेत जोड दिए।
साथै, सफल व्यवसायीको रुपमा रामो छवि स्थापित गरेका विजय सागरले ग्रिन इनर्जिको रुपमा सोलार, हाइड्रो क्षेत्रले नेपालमा ठूलो भूमिका निभाएको बताएका छन् । उनले नेपालमा ग्रिन इनर्जिको क्षेत्रमा निकै ठूलो सम्भावना रहेको देशको रुपमा परिचित रहेको बताए ।
त्यसरी ग्रिन इनर्जि स्थापित गरेमा नेपाल साच्चै समृद्ध मुलुकमा गनिने
तीन हजार मेगावाट क्षमताको जलविद्युत नेपालमा रहेको बेलामा त्यसलाई पनि ग्रिन इनर्जिको ठूलो नमूनाको रुपमा हेर्नु पर्ने उनको भनाई छ । हिमालयन हाइड्रो एक्पोमा पनि आफूहरुले हाल रहेका र पाइपलइनमा रहेको आयोजनाहरुको बारेमा समेत व्यख्या गर्ने बताए । त्यसरी ग्रिन इनर्जि स्थापित गरेमा नेपाल साच्चै समृद्ध मुलुकमा गनिने उनको धारणा छ । उनले त्यस्तो महत्वपूर्ण विषयको बारेमा जो कोहीले जानकारी राख्न आवश्यक रहेको बताए ।
ग्रिन हाइड्रोजनको क्षेत्रमा निजी क्षेत्रले सक्रिय भूमिका निभाउँदै,यस्तो छ महत्व







