काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मङ्गलवार दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१- ०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनका लागि मङ्गलवार दिनको १ बजे संघीय संसद्को संयुक्त बैठक बस्ने जानकारी गराएका छन्।
सभामुख घिमिरेले त्यसका लागि उनले प्रतिनिधिसभा सदस्यहरूलाई १२ः ४५ बजे भन्दा अगाडि नै संसदमा उपस्थित भइसक्न आग्रह गरेका छन् । संविधानको धारा ११९ अनुसार संघीय संसद्को संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नेछन् ।
अघिल्ला वर्षहरूमा अपराह्नतिर मात्र संसदमा बजेट प्रस्तुत गर्ने प्रचलन थियो । यस वर्ष भने विगतमा भन्दा चाँडै संसद्को बैठक बोलाएर बजेट प्रस्तुत गर्न लागिएको हो ।







