काठमाडौं । आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष बनाउने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रुपमा घोषणा गरेका हुन् ।