काठमाडौं । कारोबार साताको दोस्रो दिन ओरालो यात्रामा रहेको शेयर बजारमा ब्रेक लागेको छ । सोमबार बजार एकल अकंले बढेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.९० अकंले बढेर २०८२.०९ बिन्दुमा बन्द भएको हो। आज ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा सुधार आउँदा ७ वटा उपसूचकमा हरियाली छाएको छ । यसदिन तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार कुथेली बुखेरी स्मल, त्रिशुली जलविद्युत र पिपुल्स पावरको शेयरमा सकारात्मक सर्किट लागेको हो ।







