काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा एकैदिन उल्लेखनीय वृद्धि भएको छ । सुनको भाउ २० हजार ५ सय रुपैयाँले उकालो लाग्दै प्रतितोला ३ लाख ११ हजार १ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ रहेको थियो ।

सरकारले नयाँ बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार महसुल १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएपछि बजारमा यसको प्रत्यक्ष असर देखिएको हो ।

यसअघि लगाइएको २ प्रतिशत विलासिता कर भने हटाइने घोषणा गरिएको छ ।

यता, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।